पोल्ट्री परिसर वि.सं. २०५२ सालको चितवनमा आयोजित पहिलो पोल्ट्री मेला पश्चात् पोल्ट्रीको राजधानी कहलिदै आएको जिल्ला हो चितवन । नेपालको पोल्ट्रीको कुल उत्पादनको ६५% उत्पादन चितवन जिल्लामा नै हुने गरेको छ । आधुनिक पोल्ट्री फार्म, याचरी उद्योग, मासु प्रशोधन उद्योग, ठूला लेयर्स फर्म, एग ट्रे उद्योगहरू, भेटरीनरी फर्मास्यूटिकल्स, ठूला दाना उद्योगहरू स्थापना भइसकेको छ । यसपटक पुनः देशभित्र र बाहिरका पोल्ट्रीजन्य उद्योगहरूसहित अत्याधुनिक प्रविधिहरूको प्रदर्शन यसपटकको महोत्सवमा रहनेछ ।