सूचना तथा सञ्चार प्रविधि सञ्चारको सञ्जालले विश्व नै एउटा सानो गाउँको रूपमा परिणत भइसकेको वर्तमान अवस्थामा सूचना तथा सञ्चार प्रविधिको समुचित ज्ञानबिना हामी अपूर्ण हुन पुग्दछौँ । सूचना तथा प्रविधिबिना उद्योग, व्यबसाय मात्र नभई जीवनयापनका आधारभूत कुराहरू समेत थाहा पाउन यसको मद्दत लिनैपर्ने हुन्छ । त्यसैले त यो युगलाई सूचना र प्रविधिको युग पनि भन्ने गरिएको छ । यही कारणले गर्दा चितवन महोत्सव-२०८१ को अवसरमा महोत्सव परिसरभित्र सूचना तथा सञ्चार प्रविधिसम्बन्धी परिसरको निर्माण गरी त्यस सम्बन्धी ज्ञान दिने प्रयास गरिनेछ । जसमा रेडियो, टेलिभिजन, कम्प्युटर हार्डवेयर, कम्प्युटर सफ्टवेयर, नेटवर्क सोलुसन, EPBX तथा अन्य प्रविधि प्रदर्शनी गरिने छ ।