स्वास्थ्य पहिलाको कालापानी भनेर चिनिने चितवन अब विस्तारै जीवनयानी स्थानको रूपमा परिणत हुँदैछ । स्वास्थ्य शिक्षाको मात्र नभई स्वास्थ्य सुविधा र उपचारको समुचित अवसर प्रदान गर्न अब चितवन जिल्ला अरू जिल्लालाई उछिनिसकेको छ । यहाँ सुविधासम्पन्न मेडिकल कलेजमा अध्ययन गर्ने अवसरका साथै स्तरीय उपचार सेवाहरू उपलब्ध छन् । यातायातको सुगमता र सहजताको कारणले देशभित्रबाट मात्र नभई मित्रराष्ट्रहरूबाट समेत सेवा लिन आउने यहाँ दक्षिण एशियाकै स्तरीय अस्पतालको रूपमा स्थापित क्यान्सर अस्पतालले महत्त्वपूर्ण योगदान पुऱ्याइरहेको छ । स्वास्थ्यनगरीको रूपमा परिचित चितवनमा सुविधासम्पन्न सरकारी अस्पताल, निजी मेडिकल कलेज तथा आँखा अस्पताल, क्यान्सर अस्पताल, नर्सिङहोम तथा क्लिनिकहरूबाट पूर्णरूपमा सेवा प्रदान गरिरहेको छ । महोत्सवको एउटै छानामुनि चितवनको समग्र स्वास्थ्यस्थिति र सम्भावनाबारे जानकारी गराइनेछ ।