खाना महोत्सव (Food Festival)
 

महोत्सवको आकर्षणको रूपमा रहेको खाना महोत्सव गतवर्ष झै यस पटक पनि नारायणगढको क्याम्पाचौरमा २९ पौष देखि ७ माघसम्म आयोजना हुने छ । विभिन्न जातजातिका खानाका परिकारहरूका साथै आधुनिक खानाका परिकारहरू त्यहाँ राखिने व्यवस्था गरिएको छ । दुध, पोल्ट्री, केरा, माछा लगायतका परिकारकासाथै विभिन्न जनजातिका खानाका परिकारदेखि आधुनिक खानाहरूसम्म यस खाना महोत्सवमा प्रदर्शन एवम् बिक्रीका लागि राखिने व्यवस्था गरिएको छ । मानव सभ्यतालाई जनाउने प्रमुख कुराहरूमध्ये खाद्य परिकार पनि एक हो । विभिन्न जातजातिका आफ्ना अलग धर्म, संस्कृति भए जस्तै अलग-अलग खाद्यसंस्कृति पनि रहेको छ । यस महोत्सवमा आयोजित खाना महोत्सवले विभिन्न जातजातिका खाद्य परिकार र आधुनिक खाद्य परिकारको भव्य प्रदर्शन गर्न तथा खाद्य संस्कृतिबारे जानकारी गराउने उद्देश्य बोकेको छ ।