संस्कृति (Culture)
 

संस्कृतिका हिसाबले चितवन अनुपम छ । यहाँ विभिन्न जातजातिका विभिन्न संस्कृतिहरू रहेका छन् । साँस्कृतिक विविधतासँगै आदिवासीको रैचाने संस्कृति र बसाई सरी आएका आगन्तुक जातिहरूको संस्कृतिको सङ्गम थलो बनेको छ चितवन । संस्कृति संस्कार र सभ्यताको पूर्ण नाम हो । विभिन्न संस्कार र सभ्यता भएका जातजातीहरूका संस्कृतिलाई लोकसंस्कृति भनिए जस्तै विविधतामा एकताको प्रतीक बनेर प्रस्तुत भएको हुन्छ राष्ट्रिय संस्कृति । चितवन महोत्सवमा चितवनका आदिवासीहरूको सांस्कृतिक जीवनलाई झल्काउने भेषभूषा, नाचगान, खाद्य परिकार, घर निर्माण कला, घरायसी साँस्कृतिक सामग्रीहरू, वाद्यवादन सामग्रीहरू, सिप, कलाकौशल आदिको प्रदर्शन गरिने, तिनका सांस्कृतिक झाँकीहरू र सांस्कृतिक कार्यक्रमहरूको प्रदर्शन गरिने, लोक दोहोरीहरुको प्रस्तुति गरिने लक्ष्य राखिएको छ । महोत्सवको आकर्षणमध्ये एक खाना महोत्सव पनि हो , जसबाट विभिन्न जातजातिको खाद्य संस्कृतिको प्रस्तुति हुनेछ । यी स कुराहरूबाट सांस्कृतिक विविधतापूर्ण सामाजिक जीवन र सास्कृति समन्वयात्मक प्रवृत्तिहरूको सार्वजनिक जानकारी हुनपुग्ने विश्वास राखिएको छ ।