व्यापार मेला भौगोलिक दृष्टिले नेपालको केन्द्रविन्दुमा रहेको चितवन जिल्ला उद्योग तथा व्यवसाय सञ्चालन गर्नेहरूको लागि उर्वर भूमि सावित हुँदैआएको छ । यातायातको जालोमा देशभरि बेरिएको चितवन जिल्लामा सानादेखि ठूला उद्योग, कलकारखानाहरूका साथै बहुराष्ट्रिय उद्योगहरू समेत धमाधम स्थापना हुने क्रम बढिरहेको छ । यसै कुरालाई ध्यानमा राखी आगामी दिनमा उद्योग तथा व्यवसायको प्रवर्द्धन र विकासका लागि स्वदेशी एवम् विदेशी उत्पादनको प्रदर्शनी र बिक्री वितरण गर्ने उद्देश्य राखिएको छ । महोत्सवमा ४३० वटा भन्दा बढी स्टलहरूबाट गुणस्तरयुक्त उत्पादन तथा सेवाहरूको प्रदर्शनी गरी प्रदर्शनी गरिएका वस्तु तथा सेवा सम्बन्धी उद्योग तथा व्यवसायको प्रवर्द्धन गर्दै चितवन जिल्लालाई कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रको उद्योग स्थापना भएको अग्रणी जिल्लाको रूपमा परिणत गराइने लक्ष्य लिइएको छ ।