शिक्षा साक्षरताको तुलनामा राष्ट्रको तेस्रो जिल्ला मध्येमा चितवन शैक्षिक गन्तव्यको तुलनामा भने काठमाडौँ पछि अर्थात् दोस्रो शैक्षिक गन्तव्यको स्थानतर्फ लम्कदै छ । प्राथमिक विद्यालयदेखि उच्चशिक्षा सम्मका विभिन्न तहमा विभिन्न संकायमा र विषयमा पढाई हुने विद्यालय तथा कलेजहरूको स्थापना भइसकेका छन् । जसमा करिब २ लाख भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् । कृषि तथा वन विश्वविद्यालय रहेको यस जिल्लामा मानविकी, विज्ञान, व्यवस्थापन, शिक्षा, चिकित्साशास्त्र, होटल म्यानेजमेण्ट र इन्जिनियरिङ तर्फ सिभिल, कम्प्युटर र ईलेक्ट्रोनिक्सको पढाई हुने गरेको छ । यिनै विषयहरूलाई समेटी चितवन जिल्लालाई एउटा बृहत् शैक्षिक संकायको महत्त्वपूर्ण शैक्षिक पर्यटकीय नगरीको रूपमा यसपटकको महोत्सवमा प्रस्तुत गरिनेछ ।